Section 10A
अन्त:शुल्क विवरण दिनु पर्ने
दफा इक. बमोजिम अन्त:शुल्क निर्धारण र असुल गर्नुपर्ने दायित्व भएका व्यक्तिले प्रत्येक महिनाको अन्त:शुल्क लाग्ने कारोबारको विवरण त्यस्तो महिना समाप्त भएको पच्चीस दिनभित्र अन्त:शुल्क अधिकृत समक्ष वा दफा १०ग. को उपदफा (३) मा व्यवस्था भए बमोजिम वा हुलाकबाट रजिष्टी गरी तोकिए बमोजिमको अन्त:शुल्क विवरण पेश गर्नु पर्नेछ । उक्त महिनामा अन्त:शुल्क लाग्ने कारोबार गरेको वा नगरेको जे सुकै भए तापनि त्यस्तो विवरण पेश गर्नु पर्नेछ ।